लमजुङ, २४ भदौ । लमजुङको भोर्लेटारमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यनेपाल–६, भोर्लेटारमा ग १ ख ६०९० नं को मालबाहक ट्रक दुर्घटना भएको हो। दुर्घटनामा परी मकवानपुर, हेटौँडाका २२ वर्षीय सागर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्र्यालय लमजुङले जनाएको छ।
मृतक सोही ट्रकको सहचालक भएको प्रहरीले जनाएको छ । लमजुङ र कास्की सिमानामा निर्माणाधिन रुदी खोला जलविद्युत् आयोजनाको सामान पु-याएर हेटौँडातर्फ फर्कने क्रममा भोर्लेटार पिस्तीखोला नजिकै दुर्घटना भएको हो । ट्रकमा रहेका चालकसहित अन्य दुईजना सामान्य घाइते भएका छन् । घाइते चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।