इरानी तेल ट्याङकरलाई अमेरिकी न्याय मन्त्रालयद्वारा जफत गर्न पक्राउ पुर्जी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

इरानी तेल ट्याङकरलाई अमेरिकी न्याय मन्त्रालयद्वारा जफत गर्न पक्राउ पुर्जी

Donald Trump

एजेन्सी, ३२ साउन । जिब्राल्टरमा गत महिना नियन्त्रणमा लिइएको एउटा इरानी तेल ट्याङ्करलाई अमेरिकाको न्याय मन्त्रालयले जफत गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ ।

गत महिना नियन्त्रणमा लिइएको एउटा इरानी तेल ट्याङ्करलाई त्यहाँका एकजना न्यायाधीशले घर फर्कने अनुमति दिने निर्णय गरेको भोलिपल्टै अमेरिकाको न्याय मन्त्रालयले उक्त ट्याङ्कर जफत गर्नका लागि पक्राउ पुर्जी जारी गरेको हो ।

ग्रेसवान नामक उक्त ’सुपर ट्याङ्कर’लाई गत जुलाई ४ मा ब्रिटेनको स्वशासित क्षेत्र जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो । तेल बोकेको सो ट्याङ्कर अवैध रूपमा सिरियातर्फ जाँदै गरेको शङ्का गरिएको थियो ।

अमेरिकाले उक्त ट्याङ्करलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले त्यसलाई अस्वीकार गरिदिएको थियो । इरानले पहिले नै उक्त ट्याङ्करको नियन्त्रणलाई “अवैध अवरोध“ भनिसकेको छ ।

ग्रेसवानलाई नियन्त्रणमा लिइएको दुई साता पश्चात् गत जुलाई १९ मा इरानले ब्रिटिश झण्डावाला एउटा ट्याङ्कर स्टेना इम्पेरियोलाई स्ट्रेट अफ हर्मुज भनिने क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);