देश विकासको निम्ति एक जुट हुन नेता नेपालको आव्हान | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

देश विकासको निम्ति एक जुट हुन नेता नेपालको आव्हान

madhav nepal-desh bikash

काठमाडौं, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश विकासको निम्ति सबै एक जुट हुन आह्वान गर्नु भएको छ ।

शनिवार राजधानीमा आयोजीत कार्यक्रममा पुर्व प्रधानमन्त्री नेपालले देश बिकाशको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताउनुभयो । सानो—ठुलो जस्तो सुकै काममा ३ मुख्य पक्षको भूमिका हुने र नागरिक सुस्त भए सरकार पनि सुस्त हुने पर्व प्रधानमन्त्री नेपालको भनाइ छ ।

नेता नेपालले सरकारले गरेका कतिपय काम लामो अनुशन्धान र बिनातयारी आएको भन्दै जनताले सोचे अनुरुप प्रतिफल प्राप्त गर्न नसकेको बताउनुभयो ।  स्थानीय जनताले आफुले गर्न सक्ने काम पनि सरकारको मुख ताक्नुभन्दा आफै पनि गर्नुपर्ने उहाँको भनाइ थियो ।