मुलुककाे 'समृद्धि' नेपालको चाहाना र नेपाली जनताको आशा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

मुलुककाे ‘समृद्धि’ नेपालको चाहाना र नेपाली जनताको आशा

पुष्पा पोखरेल

काठमाडौं, ३१ साउन । राष्ट्रको सर्वाङगिण विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिने समग्र क्रियाकलापहरुको समष्टिगत रुप नै राष्ट्रिय हित र स्वार्थ हो । यो राष्ट्रले लिएको लक्ष्य तथा उद्देश्य हो भने जनताको आकांक्षा पनि हो ।

समृद्धि नै देश विकासको प्रमुख आधार हो । समृद्धि भित्र मुलुक र जनताको सामाजिक सांस्कृतिक आर्थिक राजनैतिक वातावरणीय तथा रणनितिक हित र सरोकारका विषयहरु पर्दछन् ।

सार्वभौमिकता राष्ट्रिय अस्मिताको रक्षा, सिमा सुरक्षा, राष्ट्रिय एकता, सामाजिक सदभाव र धार्मिक सहिष्णुतादेखि लिएर शान्ति, सुशासन, विकास र समृद्धिका लागि गरिने हरेक क्रियाकलापहरु राष्ट्रिय हित तथा स्वार्थका विषय हुन् ।

राष्ट्रको समृद्धिका लागि स्थगित रहेका राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि सार्देै युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण शृजना गर्नु पर्दछ । विपन्न, दलित उत्पन्न, पिछडिएका युवाहरुलाई लगानीको वातावरण शृजना गनुपर्दछ ।

नकारात्मक पक्षको दुरुत्साहन र सकारात्मक कुराको प्रोत्साहनले राष्ट्रिय हितमा टेवा पुग्दछ अनि समृद्धिको लक्ष्यमा पुग्न सकिन्छ । निरकुशं शासन प्रणाली प्रयोग गर्ने देशमा अवलम्वन गर्ने मुलुकमा शासकको हित नै राष्ट्रिय हित हुन्छ भने प्रजातान्त्रीक शासन व्यवस्था अंगिकार गरेको मुलुकमा राष्ट्र र जनताको हित नै राष्ट्रिय हित हुन्छ ।

त्यसैले राष्ट्रले कस्तो शासन व्यवस्था अवलम्वन गरेको छ भन्ने कुरामा राष्ट्रिय हितको विषय निर्भर रहन्छ । आफु बाँचेको समाज जति खुसि हुन्छ, व्यक्तीको आफनो खुसिको मात्रा त्यति नै बढ्दै जान्छ । प्रत्येक व्यक्ति, समाज खुसि भयो भने देश स्वतः समृद्ध हुन्छ अर्थशास्त्रीको बुझाई छ ।

नेपालको संविधानले स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता, राष्टियता, स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक सम्मुन्नती र समृद्धि नेपालको राष्टिय हितका आधारभुत विषयवस्तु हुन भनि उल्लेख गरिएको छ । त्यसैले यी सबै कुराहरुलाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढ्न सक्यो भने समृद्ध नेपाल सुखि नेपालीको सपना साकार हुन सक्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);