काठमाडौं, ३१ साउन । संघीय संसद् सचिवालयले संसदीय समितिका सभापतिहरुलाई किनेका ११ वटा नयाँ स्कार्पियो गाडी १ महिनामै बिग्रिएको बारे छलफल गर्न गठित समितिले काम सुरु नगर्दै ती गाडी प्रयोग भएका छन् ।
छानबिन सहज बनाउन छानबिनमा परेका कुनै पनि बस्तु प्रयोग नगरी यथावस्थामै राख्नुपर्ने हुन्छ । गाडीको सत्यतथ्य पत्ता लगाउन प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन भएको छ ।
समिति संयोजक बिडारीले नै छानबिनमा परेको गाडी प्रयोग गरिरहेका छन् ।