काठमाडौं, २३ भदौ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले भ्रष्टाचार विरोधी अभियानमा जुट्न आम नागरिकलाई आह्वान गरेको छ । पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सबै नागरिकलाई भ्रष्टाचार विरोधी अभियानमा जुटन आह्वान गरेका छन् ।
उनले सरकार आफै लुटतन्त्रमा लागेपछि पार्टीले भ्रष्टाचारको विरोधमा सडक संघर्ष गर्नु परेको स्पष्ट पारे । शुक्रबार पार्टीले काठमाडौंमा आयोजना गरेको भ्रष्टाचार विरोधी प्रर्दशनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न संसदीय समिति र संवैधानिक निकायले दिएको निर्देशन पालना नगरेपछि नागरिक स्तरबाट भ्रष्टाचार विरोधी अभियान संचालन गर्न बाध्य हुनु परेको बताए ।
राप्रपा राष्ट्रवादीले हिन्दु राष्ट्र कायम हुनुपर्ने लगायतका एजेन्डा स्थापित गराउन विहिबार पनि सडक संघर्षको कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । पार्टीका अध्यक्ष लोहनीले मुलुकमा रोजगारीको अवसर सृजना गर्न सरकारको ध्यानाकर्षण गराउन पार्टी लागि परेकाे बताए ।