सांसद सुब्बाको प्रश्न - ३ जना लोग्ने र एउटा श्रीमती बिहे दर्ता गर्न गए के गर्नुहुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

सांसद सुब्बाको प्रश्न – ३ जना लोग्ने र एउटा श्रीमती बिहे दर्ता गर्न गए के गर्नुहुन्छ ?

bahubiba-rajya bebastha samiti

काठमाडौं, २६ साउन । मुलुकको प्रचलित कानुनले दण्डनिय भनेका विषयमा पनि संसदीय समितिमा भएको छलफलमा सांसदहरु बिभाजित भएका छन । आइतवार बसेको संसदको राज्य व्यवस्था तथा शुसासन समितिको बैठकमा कानुनले दण्डनिय मानिसकेको बहुविवाहका बारेमा समाजमा विद्यमान रितिरिवाज, धर्म , संस्कृति र जातिय परम्पराका नाममा चलिआएका प्रथालाई कानुनतः दण्डनिय मान्न नमिल्ने तर्कका साथ सांसदहरु बहसमा उत्रिएका हुन ।

आइतबार बसेको संसदको राज्य व्यवस्था तथा शुसाशन समितिको बैठकमा समितिका सदस्यहरु छक्क बहादुर लामा र बिजय सुब्बाले विभिन्न जात जाति र क्षेत्रमा अहिले पनि बहुपति प्रथा रहेकाले कानुन निर्माण गर्दा जातिय परम्परालाई पनि हेरिनुपर्ने धारणा राखेका थिए । समितिका सदस्यहरु यशोधा गुरुङ सुवेदी र रेखा शर्मा लगायत अधिकांश सदस्यले बहुपति प्रथालाई अस्वीकार गर्दै विद्यमान कानुन अनुसार नै अघि बढ्नुपर्ने तर्क गरेका थिए ।

घटना दर्ताको विषयमाथिको छलफलको क्रममा समितिमा बहुपति परम्पराको विषयले प्रवेश पाएको हो । समिति सदस्य सुब्बाले हिन्दु विधिशास्त्र अनुसार बनेको संविधान भएकाले यसले अन्य जातिका धर्म, संस्कृति र परम्परालाई नजअन्दाज गरेको टिप्पणी गर्नुभयो ।

समिति सदस्य गुरुङले फौजदारी संहिताले बहुविवाहलाई लाई अपराध भित्र मानेको र बदर गर्ने पनि व्यवस्था गरेकाले फेरी मान्यता दिनुपर्ने भनेर प्रश्न उठान नमिल्ने तर्क गर्नुभयो ।

त्यसैगरी समिति सदस्य शर्माले कानुन र संविधानले गरेको व्यवस्थालाई व्यवहार र संस्कृतिले काट्न नमिल्ने तर्क गर्दै अभ्यास छ भन्ने नाममा कानुनलाई विस्थापित गर्न नहुने उल्लेख गर्नुभयो ।

समिति सदस्य लामाले शर्माको भनाईको प्रतिकार गर्दे केन्द्रीय कानुन अनुसार प्रदेश र स्थानीय तहको कानुन बन्ने भएकाले क्षेत्रगत विषयलाई नजरअन्दाज गर्न नमिल्ने दाबी गर्नुभयो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणको व्यवस्था गर्न बनेको विधेयकको दफा १९ मा उल्लेखित व्यक्तिगत घटनाको सूचना दर्ता प्रक्रिया सम्बन्धमा ‘ख ’मा व्यवस्था गरिएको ‘विवाहको सूचना पति पत्नी दुवैले दिनुपर्ने’ व्यवस्था माथिको छलफलका क्रममा यो विषय प्रवेश भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);