कानुनी राज्यको अवधारणा सार्थक तुल्याउन सहकार्य हुनुपर्छ : प्रधानन्यायाधीस राणा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

कानुनी राज्यको अवधारणा सार्थक तुल्याउन सहकार्य हुनुपर्छ : प्रधानन्यायाधीस राणा

cj cholendra jabara

काठमाडौं, २६ साउन । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले मानव अधिकारको संरक्षण र कानुनी राज्यको अवधारणालाई सार्थक तुल्याउन न्याय प्रणालीमा आवद्ध सबै निकायको सहकार्य हुनु पर्नेमा जोड दिनुभएको छ ।

आइतबार सर्वाेच्च अदालत वार एशोसियशनले ललितपुरमा गरेको एक कार्यक्रममा प्रधानन्यायाधिश जबराले नागरिक स्वतन्त्रता, मौलिक अधिकार र मानव अधिकारको संरक्षण अदालत एक्लैको प्रयासबाट सम्भव नहुने उल्लेख गर्नुभयो । उहाँले त्यसकारण पनि न्याय प्रणालीमा आवद्ध व्यक्ति र निकायको आपसी सहयोग, सहकार्य र क्रियाशीलतामा जोड दिनु परेको बताउनुभयो ।

प्रधानन्यायाधीश जबराले स्वतन्त्र, निष्पक्ष एवम् समक्ष न्यायपालिका लोकतान्त्रिक राज्य व्यवस्थाको आधार स्तम्भ भएको उल्लेख गर्दै त्यसलाई सार्थक तुल्याउन न्याय सम्पादन कार्यमा संलग्न सबै क्रियाशील हुनुपर्ने पनि उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);