रुपन्देही, २५ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते तिलोत्तमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आर्थिक विकासमा निजी क्षेत्रको उपस्थितिलाई व्यापक बनाउने उद्देश्यले लगानी सम्मेलन आयोजना गर्न लागिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।
नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्मेलनको मुख्य उद्देश्य रहेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाले लगानी सम्मेलनबाट २ अर्ब लगानी भित्र्याउने लक्ष्य राखेको छ । सम्मेलनमा आयोजक सहित पाँच सय संघ संस्थाको सहभागिता रहने जनाइएको छ ।