रुसी नौसेनाको परमाणु केन्द्रमा रकेट विस्फोट हुँदा पाँचजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

रुसी नौसेनाको परमाणु केन्द्रमा रकेट विस्फोट हुँदा पाँचजनाको मृत्यु

russia explosion

एजेन्सी , २५ साउन । रुसमा रकेट विस्फोट हुँदा पाँचजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्टाकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट विस्फोट भएको हो ।

रेकट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भएको रोस्टाकमले बताएको छ । घाइते भएका तीनजनाको शरीर गम्भीर रुपले जलेको र उनीहरु कम्पनीमै कार्यरत कर्मचारी रहेको जनाइएको छ । सरकारी अधिकारीले सुरुमा नियोन्स्कामा रहेको परमाणु केन्द्रमा भएको विस्फोटमा दुईजनाको मृत्यु भएको र ६ जना घाइते रहेको बताएका थिए ।

विस्फोट भएका बेला रेकट रहेको क्षेत्रमा इन्जिनियर तथा प्राविधिक विभागको टिमले काम गरिरहेको रोस्टाकमलाई उद्धृत गर्दै रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी नौसेनाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल तथा एन्टी एयरक्राफ्ट मिसाइल प्रक्षेपण गर्न प्रयोग गर्दै आएको नियोन्स्कामा विस्फोट भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);