प्रदेश २ मा सवारी दुर्घटनाको संख्यामा कमि तर, मृत्यु दर उच्च | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

प्रदेश २ मा सवारी दुर्घटनाको संख्यामा कमि तर, मृत्यु दर उच्च

श्याम गुप्ता
बारा, २४ साउन । प्रदेश नं. दुईमा आर्थिक वर्ष ०७४/०७५ भन्दा आर्थिक वर्ष ०७५/०७६ मा सवारी दुर्घटनाको संख्यामा कमी आएको छ । प्रदेश ट्राफिक कार्यालय प्रदेश नं. २ पथलैया बाराका अनुसार यस प्रदेशमा आर्थिक वर्ष ०७४/०७५ भन्दा आर्थिक वर्ष ०७५/०७६ मा एक सय ९१ वटा सवारी दुर्घटना कम भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष ०७५/०७६ मा नौ सय १४ वटा सवारी दुर्घटना भएको जनाएको छ । त्यसैगरी आर्थिक वर्ष ०७४/०७५ मा ११ सय पाँच वटा सवारी दुर्घटना भएका थिए ।

सवारी दुर्घटनामा कमी आएपनि मृत्यू हुनेको संख्यामा कमी आउनु पर्नेमा झन् बृद्धि भएको प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाको तथ्याङ्कले देखाएको छ ।

दुर्घटना न्युनीकरण भए पनि ग्रामिण भेगमा ज्यामिती नमिलाई बनाईएको सडकका कारण हुने दुर्घटनामा मृतकको संख्या बढेको प्रेदश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरिक्षक योगबहादुर पालले जानकारी दिनुभयो ।

प्रदेश दुईमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना देखिन्छ । तथ्याँक अनुसार प्रदेश २ मा ६ सय १५ वटा मोटरसाईकल दुर्घटना भएको देखिन्छ । दोस्रोमा एक सय ७५ वटा कार जिप रहेको छ ।

दुर्घटनाको मुख्य कारण चालकको लापरवाहि नै देखिन्छ । सवारी दुर्घटना न्युनीकरण गर्न प्रदेश ट्राफिक प्रहरीले समय समयमा विभिन्न चेक जाँचका साथै जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताउनु भयो ।

प्रहरीसंग जनशक्तिका साथै अन्य विभिन्न उपकरणको पर्याप्तता नहुनुले पनि सवारी चेक जाँच प्रभावकारी हुन नसकेको तर, चाँडै नै यस प्रेदशका सबै जिल्लामा रडार गन,  ब्रेथलाईजर पु-याउने तैयारी भईरहेको प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);