परमाणुको लागि रकम जुटाएको संयुक्त राष्ट्रसंघको आरोप
एजेन्सी, २२ साउन । उत्तर कोरियाले साइबर आक्रमण मार्फत एक अर्ब ६० करोड अमेरिक डलर बराबरको चोरी गरेको संयुक्त राष्ट्रसंघको एक दस्ताबेजमा उल्लेख गरिएको छ ।
चुहावट भएको संयुक्त राष्ट्रसंघको एक दस्ताबेजमा उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका लागि रकम जुटाउनका लागि साइबर आक्रमणको सहारा लिएको र त्यसबाट एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको चोरी गरेको उल्लेख छ । गोप्य भनिएको सो प्रतिवेदनमा उत्तर कोरियाले रकम चोरीका लागि बैंक तथा मुद्रा सटही केन्द्रलाई निशाना बनाएर साइबर आक्रमण गरेको उल्लेख छ । संयुक्त राष्ट्रसंघले हाल साइबर आक्रमणका ३५ घटनाको छानबिन गरिरहेको स्रोतले पुष्टि गरेको बिबिसीले जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद अन्तर्गत रहेको उत्तर कोरियामाथि प्रतिबन्ध निर्धारण गर्ने कमिटिमा पठाइएको प्रतिवेदनमा उत्तर कोरियालो साइबर–स्पेस मार्फत वित्तिय संस्थालाई लक्षित गरी आक्रमण गर्ने गरेको र त्यसबाट रकम जम्मा गर्ने गरेको उल्लेख छ ।
यस्तै विदेशी मुद्रा प्राप्त गर्नका लागि साइबर–मिनिङ्ग भएको सम्बन्धमा पनि विज्ञले अनुसन्धान गरिरहेका छन् । उत्तर कोरियालो क्रिप्टो करेन्सी एक्सचेन्ज सेन्टरमा पनि साइबर आक्रमण गर्दै आएको सो प्रतिवेदनमा उल्लेख छ ।