नेतृत्व नभई शासन व्यवस्था नै परिवर्तन गर्नुपर्छ : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेतृत्व नभई शासन व्यवस्था नै परिवर्तन गर्नुपर्छ : कमल थापा

kamal thapa

काठमाडौं, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष थापाले सरकारको नेतृत्व मात्रै परिवर्तन गरेर समस्याको समाधान नहुने बताउनुभएको हो ।

प्रमुख दलहरुले मुलुकलाई १३ बर्ष देखि गलत बाटोमा हिडाईरहेको भन्दै उहाँले ‘बाटोनै गलत भएकाले ड्राईभर परिवर्तन’ गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गर्नुभयो । विदेशीको पैसाले चुनाब लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपुर्वक काम गर्न नसकेको आरोप उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो “आफुलाई प्रमुख भन्ने ठूला पार्टीहरु आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन् । जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमान पूर्वक काम गर्न सक्दैन । जुन बाटोमा कांग्रेस र कम्युनिष्टले १३ बर्षदेखी मुलुकलाई हिंडाईराखेका छन्, त्यो बाटो गलत छ भनेर त्यसको विकल्पमा फरक विचार बोकेर खडा भएको पार्टी । हामी कांग्रेस र कम्युनिष्टका भाई पार्टी होइनौ । अहिले देशको समस्या केपी ओली लाई हटाएर प्रचण्ड वा शेर बहादुर ल्याएर यो देशको समस्याको समाधान हुँदैन । जबसम्म बाटो परिर्वतन हुँदैन तबसम्म ड्राईभर मात्रै फेरेर गन्तव्यमा पूगन सकिँदैन । बाटो नै फरक छ भने ड्राईभर फेर्ने होइन बाटो नै फेर्नुपर्छ ।”

अध्यक्ष थापाले राष्ट्र निर्माणको बैकल्पिक विचार र मार्गचित्र राप्रपासंग रहेको उल्लेख गर्दै धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्दै सम्बद्र्धनवादको सिद्धान्त अनुसार देशको विकास गर्न सकिने बताउनुभयो ।

उहाँले सर्वत्र मौलाउँदै गईरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउँदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);