राहतको कार्यक्रमसहित प्रदेश २ मा आउँछु : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

राहतको कार्यक्रमसहित प्रदेश २ मा आउँछु : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँले प्रदेश २ मा बाढी र डुबानले पु¥याएको क्षतिबारे अवलोकन गर्न राहतको कार्यक्रमसहित जाने बताउनुभएको छ ।

उहाँले बाढी र डुबानको दीर्घकालीन समाधानका लागि समुदायलाई परिचालन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट पीडितको उचित व्यवस्थापनका लागि सरकार गम्भीर प्रयासमा रहेको समेत बताउनुभयो ।

सङ्घीय संसद्मा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बाढीपीडितको व्यवस्थापनमा तत्कालीनभन्दा पनि दीर्घकालीन समाधानका लागि सरकार प्रयत्नशील छ । ” उहाँले बाढी र डुबानका कारण हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी प्रदेश कमिटीको पहलमा भएको सो छलफलमा बाढी, डुबान, राहत वितरणमा भएका कमजोरी, बाढी र डुबानका दीर्घकालीन समाधानका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);