एजेन्सी, १७ साउन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपमा अर्को संस्करणबाट ३२ टोलीलाई सहभागिता गराउने भएको छ । फिफाले सन् २०२३ को विश्वकपबाट ३२ टोलीलाई आठ समूहमा विभाजन गरी खेल खेलाउने भएको हो ।
यसअघि भर्खरै सम्पन्न भएको महिला विश्वकपमा २४ टोलीले सहभागिता जनाएका थिए । महिला विश्वकपलाई अझ सबैसामु परिचित गराउन र यसलाई विकास गर्नको लागि टिम थपिएको हो,” फिफाका अध्यक्ष गिआइनी इन्फन्टिनोले भने ।





