कर्मचारी समायोजन सम्बन्धमा स्थानीय सरकार र केन्द्र सरकारबीच खटपट | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

कर्मचारी समायोजन सम्बन्धमा स्थानीय सरकार र केन्द्र सरकारबीच खटपट

karmachari

पुष्पा पोखरेल
काठमाडौं, १६ साउन । केन्द्र सरकारले स्थानीय तहमा पठाएका निजामति कर्मचारीलाई हाजिर नगराएको र काम नलगाएको पाइएको छ । सरकारले पठाएका कर्मचारीलाई स्थानीय निकायले हाजिर नगराएको गुनासो बढेपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनिवार्य रुपमा हाजिर गराउन निर्देशन दिएको छ ।

यदि कर्मचारीहरुलाई हाजिर नगराएमा केन्द्र सरकारले स्थानीय सरकारलाई अनुदानवापतको आर्थिक सहयोग नदिने बताइरहेको छ । केन्द्र सरकारले यसरी धम्की दिइ रहंदा स्थानीय सरकारका पदाधिकारी भने प्रविधिमैत्री नपठाएकोले काममा लगाउन गाह्रो भएको बताइरहेका छन् । कर्मचारी अभाव र भएका कर्मचारीहरुले पनि प्रभावकारी काम गर्न नसकेको स्थानीय सरकारको गुनासो छ ।

स्थानीय सरकारको गठन तल्लो तहमा विकास सहजकिरण, सेवा प्रवाह र आर्थिक विकासको आधार तयार पार्नका लागि भएको हो । स्थानीय सरकारको संयन्त्र राज्यले दिने सुविधा र शासन प्रणालीलाई जनताको नजिक ल्याउने प्रयास गरिएको छ ।

यसका लागि कार्यरत कर्मचारीको दक्ष र कुशल हुनुपर्छ । सिंहदरवारको अधिकार गाउँ गाउँमा संघीय सरकारको मूल नारा हो । त्यसकै लागि सिंहदरवारको पैसा र अधिकार स्थानिय तहमा पुगेको छ कर्मचारीको विषमा विवाद किन ? सांसदहरु नै प्रश्न गर्न थालेका छन् ।

स्थानीय तहको कर्मचारी व्यवस्थापन गर्ने विभिन्न्न विकल्प हुन सक्दछन् । सबैका केहि फाइदा वेफाइदा हुन्छन् । स्थानिय तहले आफुले चाहेका बा आफुले जे भन्यो त्यहि मान्ने कर्मचारी भर्ना गर्न खोजिरहेका छन् । तर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा गठन भएकै छैन । विद्यमान संरचना अनुसार केन्द्रकै लोकसेवामार्फत कर्मचारी भर्ना प्रक्रिया सरकारले अघि बढाइरहेको छ । दुबै पक्षको आआफनो स्वार्थले यो समस्या बढ्दै गएको सांसदहरुको बुझाइछ ।

कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ वमोजिम कर्मचारी समायोजन गर्ने प्रयोजनका लागि संघ, प्रदेश र स्थानिय तहमा सेवा प्रवाहका लागि आवश्यक पर्ने संगठन संरचना तथा कर्मचारी दरबन्दी नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ भनि उल्लेख गरिएको छ ।

विद्यमान यही ऐन बमोजिम मन्त्रीपरिषदबाट निर्णय भई स्थानीय तहमा निजामति कर्मचारी खटाइएको छ । स्थानीय तह अन्तर्गत २० हजार कर्मचारी कार्यरत छन् । अपूग कर्मचारी केन्द्र सरकारले पठाएको छ । तर केन्द्र र स्थानीय तहबीच अप्रत्यक्ष द्वन्द्वले खटाइएका कर्मचारी यता न उता हुने स्थिति देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);