कमल थापा नेतृत्वको राप्रपा ‘गाऊँ फर्क’ अभियानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कमल थापा नेतृत्वको राप्रपा ‘गाऊँ फर्क’ अभियानमा

Kamal-Thapa-

काठमाडौं, १३ साउन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाऊँ फर्क’ अभियान संचालन गर्ने भएको छ । पार्टीको सोमबार काठमाडौंमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले देशभर पार्टीको संगठन निर्माणका लागि ३ महिने ‘गाऊँ फर्क’ अभियान संचालन गर्ने निर्णय गरेको हो ।

पार्टीको आसन्न महाधिवेशनलाई समेत ध्यानमा राखेर देशभर पार्टीको संगठन निर्माणका लागि ३ महिने गाउँ फर्क अभियान संचालन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिनु भयो ।

बैठकले संगठन निर्माणका लागि यही साउन २४ र २५ गते काठमाडौंमा केन्द्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ । सो कार्यक्रमबाट प्रशिक्षित भएका प्रशिक्षकहरुलाई जिल्ला स्तरीय र स्थानीय तह स्तरीय कार्यक्रममा प्रशिक्षकको रुपमा परिचालन गर्ने पार्टीको तयारी छ ।

आगामी पुस महिना भित्रसम्म संगठन निर्माण गरेपछि पार्टीको महाधिवेशनको तयारीको काममा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता पाठकले बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी २०७७ साल जेष्ठमा पार्टीको महाधिवेशन गर्ने तयारी छ ।

बैठकमा अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीको संगठन निर्माणमा जुटन पार्टीका नेताहरुलाई निर्देशन दिनु भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ साललाई पार्टीको संगठन निर्माणको वर्षका रुपमा मनाउने कार्य योजना यस अघि बसेको पार्टी केन्द्रिय कार्य समितिले तय गरेको थियो ।

सोही कार्य योजनालाई कार्यान्वयनमा लैजान केन्द्रिय कार्य सम्पादन समिति बैठकले ‘गाउँ फर्क’सहितको अभियान देशभर संचालन गर्ने निर्णय गरिएको पनि प्रवक्ता पाठकले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);