नेपाल र भारत बीच बैठकमा कोसी बाँध सम्बन्धी बैठक निष्कर्ष विहिन | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

नेपाल र भारत बीच बैठकमा कोसी बाँध सम्बन्धी बैठक निष्कर्ष विहिन

koshi bridge

काठमाडौं, १३ साउन । नेपाल र भारतका अधिकारीहरुबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आ-आफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ ।

नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोससम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र सुनकोसी–कमला डाइभर्सन परियोजनाबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेपाली सरकारी अधिकारीका अनुसार नेपाली पक्षले अहिलेको अवस्थामा सप्तकोसी उच्च बाँध परियोजना अघि बढाउन नसकिने भन्दै विराटनगरस्थित संयुक्त कार्यालयलाई निरन्तरता दिने कि नदिने भन्ने प्रश्न उठाएको थियो तर भारतीय पक्षले भने कार्यालयलाई निरन्तरता दिँदै परियोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिएपछि बैठक निष्कर्ष विहिन बनेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);