राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ सर्वसम्मतिले पारित | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ सर्वसम्मतिले पारित

rastriya sabha sunya samaya

काठमाडौं, १२ साउन । राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि सदनमा छलफल गरियो भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । यसैगरी बैठकमा संसदको दिगो विकास तथा सुशासन समितिको सुशासनसम्बन्धी अध्ययन प्रतिवेदन पेस गरिएको छ ।

बैठकमा समितिकी सभापति तारादेवी भट्टले गत चैत १० देखि असार १ गतेसम्म सातै प्रदेशमा गरिएको अध्ययन प्रतिवेदन पेस गर्नुभएको हो । प्रदिबेदन पेश गर्दै भट्टले सातै प्रदेशका विभिन्न स्थानमा दिगो विकास र सुशासनसम्बन्धी अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।

समितिले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय बिमान स्थल, भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना र गोरखाको बारपाकको स्थलगत अध्ययन गरी आवश्यक सुझाव तयार गरेको जनाइएको छ ।यसैगरी बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभा सदस्यहरु प्रकाश पन्थ, जितेन्द्र नारायण देव, बद्री प्रसाद पाण्डे र अनिता देवकोटाले संयुक्त रुपमा अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा सम्बन्धी ध्यानाकर्षण प्रस्ताव दर्ता गराउदै अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);