टी-२० विश्वकप एसिया छनोट: पहिलो खेलमै नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

टी-२० विश्वकप एसिया छनोट: पहिलो खेलमै नेपाल पराजित

nepal-qatar

काठमाडौं, ७ साउन । सिंगापुरमा जारी आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटमा नेपालले पहिलो खेलमै पराजय व्यहोरेको छ ।

मंगलबार भएको खेलमा कतारले नेपाललाई ४ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको कतारले ४ बल बाँकी छँदै ६ विकेटको क्षतिमा १२४ रन बनाएको हो ।कतारका लागि इनाम उल हकले सर्वा्धिक ४१ रन बनाए । त्यस्तै कमरान खानले २२, मुहम्मद तनवीरले ११ र जहिर इब्राबिहमले १२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन र करन केसीले एक विकेट लिए ।

यस अघि ब्याटिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वा्धिक ३४ रन बनाएका थिए । कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ र सोमपाल कामीले ११ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे । कतारका लागि इकबाल हुसैनले तीन विकेट लिए । त्यस्तै नोउमन सरवार र तमोर सज्जादले २–२ विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);