पाल्पा, ६ साउन । ३७औं विपी स्मृती दिवशको अवसरमा नेपाली कांग्रेसले पाल्पामा बृक्षरोपण गरेर मनाएको छ । नेपाली कांग्रेस पाल्पाले ३७औँ विपी स्मृति दिवसका दिन बिभिन्न प्रजातिका पाँच सय विरुवा रोपिएको छ ।
पार्टीद्धारा आयोजित वृक्षरोपण कार्यक्रम पाल्पाको बगनासकाली गाउँपालिका – १ जरबारीमा खाली रहेको डाँडामा गरिएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सभा सदस्य वीर बहादुर रानाले जनजनमा विपीको विचारले मन जित्ने उद्देश्यले वृक्षारोपण गरिएको बताउनुभयो । विपी जयन्तीको अवसरमा नेपाली काँग्रेस तथा भात्रृ संस्थाहरुले विभिन्न जिल्लामा विभिन्न कार्यक्रम गरि मनाएका छन् ।