सरकारविरुद्ध आन्दोलन चर्काउने सभापति देउवाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

सरकारविरुद्ध आन्दोलन चर्काउने सभापति देउवाको चेतावनी

sher bahadur koirala

काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिनु भएको छ ।

बीपी जयन्तीको अवसरमा सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहो¥याउनु भयो । उहाँले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने उल्लेख गर्नुभयो । सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढ्दा मात्रै मुलुकमा समृद्धि आउने विश्वास पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधि,प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका वक्ताले पनि विपी कोइरालाले नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गराउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);