कर्मचारी प्रशासनलाई सुधार गर्न सरकार जस्तोसुकै कदम चाल्न तयार छ: मन्त्री पण्डित | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

कर्मचारी प्रशासनलाई सुधार गर्न सरकार जस्तोसुकै कदम चाल्न तयार छ: मन्त्री पण्डित

lalbabu pandit

काठमाडौं, ३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी बनाउनसरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनु भएको छ ।

मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गर्नु भयो । शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी बनाउन सरकार सदा प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

मन्त्री पण्डितले कार्यालय समयमा कार्यालय बाहिरको काम गर्ने कर्मचारीलाई पनि कार्वाही गर्ने चेतावनी दिनु भयो । उहाँले कर्मचारी प्रशासन सुधार नभएका कारण सरकार आफै अप्ठयारोमा पर्ने गरेको उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);