जापानको एक एनिमेशन स्टुडियोमा आगजनी, २३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

जापानको एक एनिमेशन स्टुडियोमा आगजनी, २३ जनाको मृत्यु

kyoto animation studio

एजेन्सी, २ साउन । जापानको क्योतो शहरस्थित एक एनिमेशन स्टुडियोमा एक व्यक्तिले आगो लगाउँदा २३ जनाको मृत्यु भएको छ । आगलागीमा परेर अन्य दर्जनौं व्यक्ति घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जापानका प्रहरी अधिकारीका अनुसार बिहीबार एक व्यक्तिले प्रज्वलनशील तरल पदार्थ छर्केर उक्त स्टुडियोमा आगो लगाएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जापनीज अधिकारीहरुले बताएका छन् । आगो लगाउने ब्यक्ति पक्राउ परेको र उपनि घाइते भएका कारण अस्पतालमा भर्ना गरिएको छ ।

क्योतो एनिमेसन स्टुडियो जापानको प्रख्यात एनिमेसन स्टु्डियोको रुपमा चिनिन्छ । आगलागीका कारण स्टुडियो पूर्णरुपमा जलेर नष्ट भएको छ भने लाखौंको क्षति पुगेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);