गत आर्थिक वर्षमा सरकारका उपलब्धि, १ सय ८७ वटा सुधारात्मक कार्य | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

गत आर्थिक वर्षमा सरकारका उपलब्धि, १ सय ८७ वटा सुधारात्मक कार्य

pm kp oli

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विगत एक वर्षको अवधिमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने महŒवपूर्ण विषयका कम्तीमा १ सय ८७ वटा सुधारका कार्य सम्पन्न गरेको छ । यस अवधिमा सरकारले ऊर्जा, विकास तथा पूर्वाधार, सुशासन, सडक तथा रेल, स्वास्थ्य, शिक्षा, श्रम तथा रोजगारी एवं गरिबी निवारणलगायतका क्षेत्रमा महŒवपूर्ण कार्य सम्पन्न गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ मा थुप्रै सुधारका कार्य गरेको भन्दै उपलब्धिसहितको विस्तृत प्रतिवेदन तयार पारेको छ । १ सय ८७ बुँदामा समेटिएको सो प्रगति प्रतिवेदनमा तुइन विस्थापन, कर्मचारी समायोजन, सार्वजनिक खर्च नियन्त्रणलगायतका विषय महŒवपूर्ण उपलब्धिका रूपमा समेटिएका छन् । प्रतिवेदनमा अब जनताले अनुभूत गर्ने गरी विकासका कार्य देखिँदै जाने भन्दै सबै क्षेत्रमा उल्लेख्य सुधारका संकेत देखिएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा तयार पारिएको एकवर्षे प्रगति विवरणमा सिंहदरबार सौन्दर्यीकरणको सुरुवात भएको, सार्वजनिक खर्चमा मितव्ययिता, राजस्व चुहावट रोक्न ट्र्याकिङ प्रणाली लागू गरिएको, सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै मन्त्रालय र निकायमा अनलाइन अनुगमन प्रणाली विकास गरिएको, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि नियन्त्रणका लागि कार्ययोजना निर्माणलगायतका महŒवपूर्ण कार्य उल्लेख गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

ताजा समाचार