इंग्ल्याण्डलाई विश्वकप क्रिकेट उपाधि | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ५ २०८१, सोमबार

इंग्ल्याण्डलाई विश्वकप क्रिकेट उपाधि

england winner

काठमाडौं, ३० असार । निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्डीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ ।

रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएका थिए । त्यसपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मारेको हो । इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको थियो । यसअघि सन् २०१५ मा पनि न्युजिल्यान्ड फाइनलमा पुगेर अष्ट्रेलियासँग पराजित भएको थियो । चौथो पटक फाइनल खेलेको इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको हो ।

निर्धारित ५० ओभरमा दुबै टोलीले समान २ सय ४१ रन बनाएपछि खेल सुपर ओभर धकेलिएको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ बलमा १५ रन बनाएको थियो । विश्वकपको उपाधिका लागि न्युजिल्याण्डलाई १६ रन चाहिएको थियो । उसलाई अन्तिम अन्तिम बलमा २ रन नै चाहियो, जसरी इंग्ल्याण्डलाई नियमित खेलमा चाहिएको थियो । एक रन बनाएपछि मार्टिन गुप्टिल रन आउट हुन पुगे र सुपर ओभर पनि बराबरीमा सकियो । सुपर ओभर समेत बराबरीमा टुंगिएपछि इंग्ल्याण्डले बाउण्डीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);