प्रदेश २ सरकारले बाढीका कारण ज्यान गुमाएका परिवारलाई ३ लाख दिने | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रदेश २ सरकारले बाढीका कारण ज्यान गुमाएका परिवारलाई ३ लाख दिने

जनकपुरधाम, २८ असार । चारदिनदेखि लगातार परेको वर्षाका कारण ज्यान गुमाएका परिवारजनलाई प्रदेश नं. २ सरकारले ३ लाख रुपैँया राहत उपलब्ध गराउने भएको छ ।

शनिवार बसेको प्रदेश २ मन्त्रिपरिषदको आकस्मिक बैठकले राहत र उद्धार कार्यलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०÷१० लाख रुपैँया उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

मन्त्री परिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ ।

बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकारसंग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भई रहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);