१८ सय बालबालिका हराएको हरायै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

१८ सय बालबालिका हराएको हरायै

balbalika harako harai

काठमाडौं, २८ असार । बाजुराको बडिमालिका ९ मार्तडीका १४ वर्षीय श्याम रावल हराएको चार वर्ष भयो । उनी कहाँ, कस्तो अवस्थामा छन्, अत्तोपत्तो छैन । हराएलगत्तै आफन्तले जिल्ला प्रहरी कार्यालय बाजुराको महिला तथा बालबालिका सेवा केन्द्रमा बालक खोजिदिन आग्रह गर्दै निवेदन दिएका थिए ।

‘उनका बाआमाले बाहिरी जिल्लाबाट गाउँमा घर बनाउन आएका मानिससँग भागेको हुन सक्ने भन्छन्, कता गए भेटिएको छैन,’ अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष कमलकुमारी सालले भनिन् । महिला तथा बालबालिका सेवा केन्द्रमा घटनाबारे जानकारी आएपछि मातहतका निकायलाई त्यसको सूचना दिइएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।

हराएर वर्षौंसम्म नभेटिनेमा श्याम मात्र छैनन् । वार्षिक सयौंको संख्यामा बालबालिका ‘बेखबर’ हुन्छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभरका १८ वर्षमुनिका १८ सय बालबालिका हराइरहेको बालबालिका खोजतलास समन्वय केन्द्र, भृकुटीमण्डपको तथ्यांक छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत यो समन्वय केन्द्रमा चालु आवको जेठ मसान्तसम्म हराएका तथा बेवारिस अवस्थामा फेला परेका बालबालिका खोजबिन तथा उद्धारका लागि ३२ सय ४ वटा उजुरी परेका थिए । उजुरी परेकामध्ये १३ सय ९३ बालबालिका भेटिएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए । १ हजार ८ सय ११ को खोजी जारी छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);