परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पार्किङको लागि छुट्टै जग्गाको व्यवस्था हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पार्किङको लागि छुट्टै जग्गाको व्यवस्था हुने

काठमाडौं, २७ असार । सरकारले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पार्किङको लागि छुट्टै जग्गाको व्यवस्था गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो अस्पतालमा पार्किङको समस्या रहेको उल्लेख गर्दै समाधानका लागि नजिकै रहेको जग्गा उपलब्ध गराईदिने घोषणा गर्नु भएको हो ।

शुक्रबार पुनर्निर्माण गरिएको सो अस्पताल भवनको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै उहाँले पार्किङलगायतका अस्पतालका अन्य समस्या पनि सरकारले छिट्टै समाधान गरिदिने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले सो अस्पतालको पुनर्निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग पु-याएको जापान सरकारप्रति पनि आभार व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले स्त्री रोग तथा प्रसुतिको क्षेत्रमा सो अस्पतालले पु-याएको सेवाको पनि खुलेर प्रशंशा गर्नु भयो । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काठमाडौं बाहिर पनि प्रसुति सम्बन्धि अत्याधुनिक अस्पताल स्थापना गर्ने योजना तय गरिएको जानकारी दिनु भयो ।

उहाँले देशका विभिन्न भागमा रहेका ५ वटा उपक्षेत्रीय अस्पतालहरुलाई विशिष्ट सेवासहितको अस्पतालको रुपमा विकास गर्ने सरकारले नीति रहेको पनि स्मरण गराउनु भयो । प्रदेश मातहत रहने ती अस्पतालहरुले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उहाँको भनाई छ ।

२०७२ सालमा भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको सो अस्पतालको भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नु भएको हो । पुनर्निर्मित सो भवनमा ४ सय १५ शैयाको व्यवस्था गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);