‘विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न मन्त्री यादवको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

‘विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न मन्त्री यादवको आग्रह

matrika_yadav

काठमाडौं, २७ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले ‘विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिनु भएको छ ।

मन्त्री यादवले भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परिक्षण गर्ने आँट गरेको सरकारलाई काँग्रेसले त्यत्तिकै आलोचना गरेको भन्दै आपत्ति पनि जनाउनु भयो । काँग्रेसले आफूले कत्ति न जनतालाई अर्गानिक खुवाएको जस्तो पारामा सरकारलाई आलोचना गरेको मन्त्री यादवको भनाई छ ।

शुक्रबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यथार्थमा आधारित भएर सरकारको आलोचना गर्न पनि प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई सचेत गराउनु भयो । विषादी प्रकरणमा काँग्रेसले आफ्नो इज्जत पनि नरहने गरी सरकारको आलोचना गरेको मन्त्री यादवको दावी छ ।

मन्त्री यादवले व्यापारीहरुलाई पनि बस्तुको मूल्य जथाभावी नबढाउन आग्रह गर्नु भयो । उहाँले उत्पादन वृद्धिमा जोड दिएर व्यापार गर्न पनि निजी क्षेत्रका व्यवसायीहरुको ध्यानाकर्षण गराउनु भयो । सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्न तयार रहेको पनि मन्त्री यादवले स्पष्ट पार्नु भयो । मन्त्री यादवले मुलुकमा उत्पादन वृद्धिका लागि पूँजीको अभाव नभएको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);