बदलियो जातीय विभेदको स्वरूप | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

बदलियो जातीय विभेदको स्वरूप

bibhed

काठमाडौं, २५ असार । नारायण नगरपालिका दैलेख स्थित नमुना बस्तीका पवित्रा वादी वादी समुदायको अगुवा हुन् । नमुना बस्तीमा धेरैजसो दलित समुदायको बसोबास छ । उनि जिल्लामा हुने विभिन्न कार्यक्रमहरुमा पुग्छिन् । प्राय स्थानमा घुमाउरो शैलीमा विभेदमा परेको उनको अनुभव छ ।

‘कार्यक्रममा गएर खाना खाँदा होस् या अन्य क्रियाकलापमा ग्रैहदलित दिदिवहिनीहरुले असहज व्यवहार गर्नुहुन्छ,’ पवित्राले भन्नुभयो ‘कहिलेकाँही त अरु होटल भित्र सबै संगै बसेर चिया खाजा खानुहुन्छ, आफु बाहिरै बसेर फर्कीएको छु ।’ पवित्रा जस्तै धनासिंह वादीको अनुभव पनि उस्तै छ । दैलेख सदरमुकाममै हिड्दै गर्दा ग्रैह दलित महिलाहरुले ‘बदिनी, दमिनी, कमीनी’ जस्ता अपशव्दहरु प्रयोग गर्दैै हिडेको सुनेको उहाँको भनाई छ । ‘यसलाई पनि गैर दलितले दलित समुदायमाथि गरेको विभेदका रूपमा हामीले लिएका छौ,’ उहाँले भन्नुभयो । जातिय विभेदबाट दलित समुदायका महिलाहरु बढि पीडित भईरहेको उहाँको बुझाई छ ।

दैलेख सदरमुकाम नजिकै बसोबास गर्दै आएकी सिता सुनारले आफु अन्तरजातिय विवाह गर्दा माइती र पोइली घरबाट हेलाँहा नगरेपनि समाजको हेलाँहा र विभेद सहरै बसेको बताउनुभयो । पवित्रा, धनासिंह र सिता जस्तै दैलेखका आयोजित एक कार्यक्रमका सहभागिले जातीय भेद्भाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भएपनि पूर्ण रुपमा व्यवहारमा लागू नभएको अवस्थामा पछिल्लो समय जातिय विभेदको स्वरुप फेरिएको बताएका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);