ग्रीसको आमनिर्वाचनमा मध्य दक्षिणपन्थी पार्टी सत्तामा फर्कियो, प्रधानमन्त्रीद्वारा हार स्वीकार | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

ग्रीसको आमनिर्वाचनमा मध्य दक्षिणपन्थी पार्टी सत्तामा फर्कियो, प्रधानमन्त्रीद्वारा हार स्वीकार

greece

एजेन्सी, २३ असार । ग्रिसको मध्य दक्षिणपन्थी पार्टी पुनः सत्तामा फर्किएको छ ।

समयअगावै गरिएको आमनिर्वाचनमा मध्य–दक्षिणपन्थी दल न्यू डेमोक्रेसी विजयी हुँदै पुनः सत्तामा फर्किएको हो । न्यू डेमोक्रेसी पार्टीले अहिलेसम्म ३९ दशमलव ८ प्रतिशत मत हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको प्रधानमन्त्री एलेक्सिस सिप्रासको सिरिजा पार्टीले ३१ दशमलव ६ प्रतिशत मत मात्र प्राप्त गरेको छ । निर्वाचनमा न्यू डेमोक्र्यासी पार्टीले पूर्ण बहुमत ल्याएको छ । हालसम्म ८८ प्रतिशत मतगणना सकिँदा उसले संसदमा १५८ सिट जितेको छ । त्यसैगरी प्रधानमन्त्री सिप्रासको पार्टी सिरिजाले ८६ सिट जितेको छ ।

अधिकांश स्थानको मतगणना भइसक्दा प्रधानमन्त्री एलेक्सिस सिप्रासले आफ्ना प्रतिद्वन्द्वी क्रियाकस मिट्शोटाकिससँग पराजित भएको स्वीकार गरेका छन् । निर्वाचनमा विजयी भएसँगै राजधानी एथेन्समा समर्थकहरुलाई सम्बोधन गर्दै मिट्शोटाकिसले आफूलाई मुलुकको परिवर्तनका लागि नागरिकले जनादेश दिएको बताए ।उनले देशले फेरि एक पटक गर्वका साथ शीर उठाएको बताए । उनले आफू सबै जनताको नेता हुने प्रतिबद्धता व्यक्त गरे । मिट्शोटाकिसले स्पष्ट जित निकालेपछि बहालवाला प्रधानमन्त्री सिप्रासले पनि उनलाई बधाइ दिएका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै जनादेश स्वीकार गर्दै आफूले हार स्वीकार गरेको बताए । ग्रिसमा भएको आमनिर्वाचनमा करिब ५७ प्रतिशत मतदाता सहभागी भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);