बजेट विवाद समाधान भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बजेट विवाद समाधान भएन

bajet

काठमाडौं, २२ असार । सुदूरपश्चिम प्रदेशको बजेटको विषमा सत्ता र प्रतिपक्षबीच भएको विवाद अझै समाधान भएको छैन ।

बजेट संशोधन नभएसम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टीको अडान र बजेट संशोधन नगर्ने सरकारको अडानका कारण विवाद समाधान नभएको हो । सरकार र प्रतिपक्षीको विवाद समाधान नभएकाले सुदूरपश्चिम प्रदेशसभा अनिश्चित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेदेखि लगातार सातौं पटक प्रदेशसभाको बैठक स्थगित भएको छ । सरकार र प्रतिपक्षबीच बुधबार वार्ता हुन नसकेकाले अपराह्न ४ बजे बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

प्रदेशसभाको अर्को बैठक असार २१ गते शनिबार तोकिएको छ । तर सरकार र प्रतिपक्षीबीच वार्ता हुन नसक्दा शनिबार समेत प्रदेशसभाको बैठक सुचारु भई बजेटमाथि छलफल हुन सक्ने संकेत देखिएको छैन । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले डल्लो बजेट टुक्राएर कार्यक्रम राख्न तयार नभएको बताए । उनले सरकारका तर्फबाट वार्तामा आउँदा तयारी बिना हलुका ढंलले प्रस्तुत हुने गरेकाले वार्तासमेत निरन्तर निष्कर्षविहीन भइरहेको बताए ।

तर सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले असार २१ गते प्रदेशसभाको बैठक सुचारु हुने दाबी गरेका छन् । सरकारका वार्ता टोलीको सदस्यसमेत रहेका तामाङले सरकारले प्रतिपक्षको मागलाई समेट्ने प्रयास गरिरहेको बताए । सरकारलाई सही ढंगले बजेट परिचालन गर्न र परियोजना सञ्चालन गर्न सत्तापक्षका सांसदहरूले दिएको सुझावलाई समेत विवादको रूपमा व्याख्या गरी बाहिर हल्ला गरिएको उनले बताए । उनले प्रदेशलाई समृद्ध बनाउन प्रतिपक्षको पनि भूमिका रहने भएकाले सदन सञ्चालनमा प्रतिपक्ष गैरजिम्मेवार नहुने विश्वास रहेको बताए । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);