विश्वकप क्रिकेट : पाकिस्तानको जित तर सेमिफाइनलमा पुग्न असफल | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८१, शुक्रबार

विश्वकप क्रिकेट : पाकिस्तानको जित तर सेमिफाइनलमा पुग्न असफल

pakistan vs bangladesh

एजेन्सी, २१ असार । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तान बंगलादेशलाई ९४ रनले पराजित गरेको हो ।

लिग चरणको अन्तिम खेलमा जित निकालेपनि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ । बंगलादेश यस अघि नै विश्वकपबाट बाहिरिसकेको छ ।

पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगालदेशमाथि ३ सय ८ रनको जित आवश्यक थियो । तर, पाकिस्तानले झिनो अन्तरले जित निकालेसंगै न्युजिल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको छ । यो संगै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमको टुङ्गो लागेको छ । साविक विजेता अष्ट्रेलियासहित भारत, ईङल्याण्ड र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।

लर्ड्समा पाकिस्तानले दिएको ३ सय १६ रनको फराकिलो लक्ष्य पछ्याएको बंगलादेश ४४ ओभर १ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो ।जितसंगै पाकिस्तान लिग चरणमा पाँचौ स्थानमा रहेर ९ खेलबाट ११ अंक जोड्न सफल भयो । ११ अंकनै जोडेपनि न्युजिल्याण्ड नेट रन रेटको आधारमा सेमिफाइनलमा पुग्न सफल भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);