काठमाडौं, २० असार । तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले मनु हुमागाईंलाई महिला शक्ति महासंघको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको छ । उनले संगठनलाई नोक्सान पुर्याउने गतिविधि गरेकोले शुक्रबार बसेको महिला शक्ति महासंघको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
साथै बैठकले महिला शक्ति महासंघको संयोजकमा सर्वसम्मत रुपमा भगवती सुवेदीलाई चयन गरेको छ । बैठक महिला शक्ति महासंघकी इन्चार्ज हिसिला यमीको उपस्थितिमा काठमाडौंमा बसेको थियो । हुमागाई देबेन्द्र पराजुली कल्पना धमलासंग नेकपा प्रवेश गर्दै छिन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।