राष्ट्रिय चलचित्र अवार्ड असार २७ गते हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय चलचित्र अवार्ड असार २७ गते हुने

पुष्पा पोखरेल

काठमाडौं, १९ असार । नेपालमा राष्ट्रिय चलचित्र अवार्ड नभएको तीन वर्ष भएको छ । हरेक वर्ष हुने राष्ट्रिय चलचित्र अवार्ड तीन वर्षदेखि नहुँदा कलाकर्मी निराश देखिन्छन । राष्ट्रिय चलचित्र अवार्ड नगर्ने सरकारले भारतीय चलचित्र आईफा अवार्ड गर्न करोडौं रकम खर्च गर्न खोज्दा चौतर्फी विवाद बढ्यो । विरोधपछि आईफा अवार्ड स्थगित गर्न बाध्य भएको सरकार अब भने राष्ट्रिय चलचित्र अवार्ड गर्ने तयारीमा देखिन्छ ।

अन्तराष्ट्रिय जगतमा हुने चलचित्र अवार्ड जस्तै नेपालमा पनि नेपाली कलाकारहरुलाई सम्मान तथा प्रोत्साहन गर्नको लागि राष्ट्रिय चलचित्र अवार्ड दिने गरिन्छ । तर विगत तीन वर्षदेखि राष्ट्रिय चलचित्र अवार्ड हुन सकेको छैन ।

२०७३ साल यता राष्ट्रिय चलचित्र अर्वाड भएकै छैन । हुन नसक्नुमा अन्य क्षेत्रमा जस्तै चलचित्र क्षेत्रका कलाकारमा पनि राजनीतिक प्रभाव र राजनीतिक हस्तक्षेप नै मुख्य कारण देखिन्छ । यसमा चलचित्र विकास वोर्डको लापारवाहि र सरकारको प्राथमिकतामा नपर्नु पनि हो । कारण जेहोस, यसबाट नेपाली चलचित्रकर्मी निराश देखिएका छन् ।

तीन वर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र अवार्ड यहि असार २७ गते हुने भएको छ । आइफा अवार्डका हल्लाखल्ला अघिसम्म यसबारे खासै जनमानसलाई जानकारी पनि थिएन । स्वदेशी कलाकारलाई पाखा र विदेशी कलाकारलाई काखा गर्ने गरी आइफा अवार्ड गर्न लागेको भनी सामाजिक सञ्जाल हुँदै सडकदेखि सदनसम्म त्यसको विरोध भएपछि राष्ट्रिय चलचित्र अवार्ड हुने कुरा चर्चामा ल्याइयो ।

राष्ट्रिय कलाकारहरुलाई राष्ट्रकातर्फबाट सम्मान गर्न नसक्ने तर करौडौं खर्च गरेर आइफा अवार्ड गर्ने भनेर कतिपय कलाकारहरु त सरकारविरुद्व सडक प्रदर्शनमा नै उत्रिए । राष्ट्रपतिले समय दिन नसकेका कारण राष्ट्रिय चलचित्र अवार्ड हुन नसकेको भन्ने समाचार पनि बाहिरियो ।

नेपाली कला तथा संस्कृति नेपाली समाजको मेरुदण्ड हो । नेपाली कलाकारहरु राष्ट्रका गहना हुन् । नेपाली कलाकारहरुलाई सम्मान र प्रोत्साहन दिन सक्यो भने नेपाली कला र संस्कृति जिवित रहन्छ भन्ने भनाई र मान्यता छ ।

नेपाली संस्कृति र नेपाली परम्परालाई अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न अनि नेपालमा पर्यटन प्रवद्र्धन गर्न पनि कलाकारलाई प्रोत्साहन हुने कार्यक्रम गर्न जरुरी देखिन्छ । अनेक बहानामा नेपाली संस्कृतिमाथि हुने अतिक्रमणलाई रोक्न, सानै रुपमा भए पनि राष्ट्रिय चलचित्र अवार्ड त्यसको कडी हुनसक्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);