विदेशीका लागि भिसा शुल्कमा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

विदेशीका लागि भिसा शुल्कमा वृद्धि

paryatak

काठमाडौं, १९ असार । सरकारले नेपालमा आउने विदेशीका लागि भिसा शुल्क बढाएर कम्तीमा ३० अमेरिकी डलर पुर्‍याएको छ । यसअघि न्यूनतम भिसा शुल्क २५ डलर थियो । सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिने गरेको छ ।

३० दिनको बहुप्रवेशी भिसाको शुल्क ४० बाट बढाएर ५० अमेरिकी डलर तथा ९० दिनको भिसा शुल्क सयबाट वृद्धि गरी एक सय २५ अमेरिकी डलर पुर्‍याइएको अध्यागमन विभागले जनाएको छ। पर्यटक भिसाको म्याद थप्दा लाग्ने शुल्कसमेत वृद्धि गरिएको छ।

यसअघि पर्यटक भिसाको म्याद थप्न प्रतिदिन दुई डलर लाग्थ्यो। अब तीन डलर लाग्ने जानकारी विभागले दिएको छ। म्याद थप अवधिका लागि बहुप्रवेशी भिसा शुल्क २० डलरबाट बढाएर २५ डलर पुर्‍याइएको छ।

भिसाको म्याद सकिएर नियमित गर्नुपर्ने विदेशीले अब एक दिनको पाँच डलरका दरले शुल्क तिर्नुपर्छ। यसअघि यस्तो शुल्क प्रतिदिन तीन डलर थियो।

भिसा शुल्क यसअघि ०६५ साउन १ मा बढेको थियो। गृह मन्त्रालयमार्फत अध्यागमनले अघि बढाएको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले भिसा शुल्क वृद्धिको निर्णय गरेको हो। शुल्क वृद्धिको निर्णय राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुने विभागले जनाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);