सरकार र पार्टीका कामबारे नेकपाकै सांसद रुष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

सरकार र पार्टीका कामबारे नेकपाकै सांसद रुष्ट

oli prachanda

काठमाडौं, १७ असार । सत्तारूढ नेकपाका सांसदले सरकार र पार्टीका काम प्रभावकारी रूपमा सञ्चालन नगरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । सांसदहरू कडा रूपमा प्रस्तुत भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अहिलेसम्मका कमजोरी सुधारेर अघि बढ्ने भन्दै उनीहरूलाई साम्य पार्ने प्रयत्न गरे ।

नेतृत्व एकलौटी ढंगले चल्न खोजेको र पार्टीभित्र अन्तर्क्रिया नगरी मनलाग्दी काम गर्दै हिँडेको सांसदहरूको भनाइ थियो ।आफ्ना कुरा राख्न नपाएकोभन्दै असन्तुष्टि प्रकट गरेपछि अध्यक्षद्वयले सोमबार उनीहरूलाई बोल्न दिने गरी संसदीय दलको बैठक बोलाएका थिए ।

पार्टी एकतापछि पहिलोपटक सांसदको राय बुझ्ने गरी डाकिएको बैठकमा अधिकांशले सरकारका कामप्रति असन्तुष्टि र पार्टीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे । सरकार र पार्टीको कार्यशैलीका कारण जनविश्वास घट्दै गएको उनीहरूको निष्कर्ष थियो । सुशासन दिने प्रतिबद्धता भए पनि त्यसअनुसारको अनुभूति जनताले गर्न नसकेको उनीहरूले बताए । बजेट छुट्याउने विषयमा मन्त्रीले एकलौटी गरेको भन्दै उनीहरूले आरोप लगाए ।

स्थायी समिति सदस्य घनश्याम भुसालले सरकार र पार्टी सैद्धान्तिक रूपमै अलमलमा हिँडिरहेको बताए । उनले कुन दिशामा कसरी जाने भन्ने छलफल नभएको भन्दै नेतृत्वको आलोचना गरे । बैठकमा एजेन्डा तय गरेर छलफल गर्ने र त्यसको आधारमा निष्कर्षमा पुग्ने काम नभएको उनले बताए ।

स्थायी समितिका अर्का सदस्य भीम रावलले सरकारले एकपछि अर्को गलत निर्णय गरिरहेको भन्दै आलोचना गरे । उनले भारतीय फिल्म अवार्ड ‘आइफा’ का लागि सरकारले स्वीकृति दिएको विषयको पनि आलोचना गरे । यो समाचार कान्तिपुर दैनिकमा लेखेको छ ।