काठमाडौं, १७ असार । पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगसम्बन्धी विधेयक २०७५ लाई लिएर विज्ञबीचमै मत बाझिएको छ। यो विधेयकलाई लिएर विज्ञहरूले विज्ञहरूले दुई थरी सुझाव दिएका छन्।
संघीय संसदअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार भएको छलफलमा विज्ञहरूबीच नै मत बाझिएको हो। एकथरी विज्ञले नेपालमा आणविक भट्टी खोल्नै नहुने तर्क गरे भने केही विज्ञले विवादित विषय पारमाणविकलाई नछुवाई रेडियोधर्मी पदार्थको विषयमा मात्रै सुझाव दिए। अर्काथरी विज्ञले श्रीलंकाजस्तो सानो मुलुकले पनि पारमाणविक युनिट बनाएको भन्दै नेपालले यो विधेयक ल्याउँदा खासै फरक नपर्ने तर्क गरे।
केही विज्ञले नेपालको भूराजनीतिक अवस्थाका कारण पनि पारमाणविक भट्टी खोल्ने कुरा स्वीकार्य नहुने सुझाव दिए। रेडियोधर्मी पदार्थ स्वास्थ्योपचारका लागि आवश्यक रहेका कारण यसलाई व्यवस्थित गर्न आवश्यक रहेको भए पनि पारमाणविक पदार्थ उत्खनन् गर्न नहुने विज्ञको तर्क छ। यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।
‘मन्त्रीज्यूले पारमाणविक अनुसन्धान केन्द्र खोल्ने भनेर प्रष्टीकरण गर्नुहुन्छ। तर विधेयकमा त्यो भेटिँदैन’, विज्ञ डा। महेश मास्के भन्छन्, ‘अनुसन्धानका लागि हो कि अर्कै प्रयोजनका लागि हो रु’
आफूहरूले स्वास्थ्य उपचारका लागि प्रयोग हुने रेडियाधर्मी पदार्थको विरोध नगरेको स्पष्ट पारे। ‘हाम्रो विरोध रेडियोधर्मी पदार्थलाई नियमन गर्न ल्याइने कानुनमा हैन’, उनले भने, ‘तर पारमाणविक पदार्थसँग यसलाई जोडेर ल्याइयो त्यहाँ हो हाम्रो असहमति।’