काठमाडाैंमा जिपिए ४ ल्याउने ५०, सामुदायिकबाट २ र निजीबाट ४८ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडाैंमा जिपिए ४ ल्याउने ५०, सामुदायिकबाट २ र निजीबाट ४८

SEE-exam

काठमाडौं, १४ असार । यस वर्षको एसइइ परीक्षामा सबै भन्दा राम्रो नतिजा ल्याउने जिल्ला काठमाडौं बनेको छ। यो जिल्लाबाट ४ जिपिए ल्याउने विद्यार्थीको सख्या ५० पुगेको छ। काठमाडौं शिक्षा विकास तथा समन्यव ईकाइका प्रमुख नन्दलाल पौडेलले उपलब्ध गराएको तथ्याँक अनुसार यस जिल्लाबाट कुल ३९ स्कुलका ५० विद्यार्थीले जिपिए ४ ल्याउन सफल भएका छन्। जसमध्ये दुइ सरकारी र ३७ निजी विद्यालय रहेका छन्।

सरकारीमा वाफलमा रहेको ज्ञानोदय माध्यामिक विद्यालय र त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यामिक विद्यालयका विद्यार्थी छन्। भने निजी तर्फका ज्ञानमन्दिर मावि बालाजु, बुढानिलकण्ठ मवि बुढानिलकण्ठ, सिद्धार्थबनस्थली मावि बालाजु, एलआइस्कुल कलंकी, अरुणिमा मावि बौद्ध, ब्राइट फ्यूचर मावि तीनथाना, द न्यू समिट इंगिल स्कुल मैतिदेबी, प्यारागन पब्लिक मावि तिलगंगा, गोठाटार ईङ्लिस स्कुल गोठाटार रहेका स्कुलका विद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल भएका छन्।

यिसैगरी शशुनिकुञ्ज सेकेण्डरी स्कुल तिरापाइला, त्रिज्योति मावि कपन, गोरखकाली इङ्लिस स्कुल साँखु, सनशाइन मावि महादेवस्थान, महाकवी देवकोटा मेमोरियल स्कुल मुलपानी, मोडेल स्कुल थानकोट, प्रीतिमा इङ्लिस स्कुल सिनामंगल, नोबेल एकेडमी बानेश्वर, काञ्जिरोवा नेशनल स्कुल कोटेश्वर, एडभान्स इङ्लिस स्कुल कालोपुलका विद्यार्थीले पनि जिपिए ४ ल्याएका छन्।

साथै राराहिल मावि कीर्तिपुर, नेशनल मोडल साइन्स स्कुल गाँगबु, रोज वर्ड स्कुल बुद्धनगर, ग्रीनवीच एकेडेमी पेप्सीकोला, म्यालीभ्यू इङ्लिस स्कुल मध्यबानेश्वर, चिल्ड्रेन लिवर्टी इङ्लिस स्कुल जोरपाटी, एन्जलहर्ट सकेन्ड्री स्कुल मनमैजु, क्रियटिभ एकेडेमी कीर्तिपुर, रोउल्टी एकेडमी मण्डिखाटार, ग्लोबल पब्लिक स्कुल मनोहरा बस्तीका विद्यार्थीले पनि ४ जिपिए ल्याएका छन्। उत्तरबाहिनी बोर्डिङ स्कुल गोकर्णेश्वर, नेपाल एपीएफ स्कुल कीर्तिपुर, काष्ठमण्डप विद्यालय मण्डिखाटार, पिकप्वाइन्ट एकेडेमी चुनीखेल कपन र रिलायन्स पब्लिक स्कुल कपनमा रहेका विद्यार्थीले समेत जिपिए ४ ल्याउन सफल भएको पौडेलले बताए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);