कुन-कुन मन्त्री हेरफेर हुने हुन् भन्नेमा सर्वत्र चाँसो | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८१, शुक्रबार

कुन-कुन मन्त्री हेरफेर हुने हुन् भन्नेमा सर्वत्र चाँसो

oli cabinet

काठमाडौं, १३ असार । मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनी नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक स्थलहरुमा पटक पटक अभिव्यक्ति दिनु भएपछि, अब के हुन्छ भनी सर्वत्र चासो बढेको छ । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल नै भएको भनी समाचार आएपछि त यसले पार्टी बाहिर भन्दा पनि भित्र एक किसिमको हलचलनै ल्यायो । बहुमतको सरकार बीचमा पुनर्गठन हुन लागेको भनिपछि अहिले अनेक खालको टिकाटिप्पणी र विश्लेषण हुन थालेको छ ।

सरकारले जनचाहना अनुसार काम गर्न नसकेको भनेर अहिले आम सर्वसाधारण, प्रमुख प्रतिपक्षी दलका नेताहरुले भन्दै आएका छन् । स्वयं सक्तापक्षकै नेता र सांसदहरु पनि यस विषयमा सडकदेखि सदनसम्म बोल्दै आएका छन् ।

सरकार संचालनको सुरुका दिनमा वाहवाही कमाएको केपी ओली नेतृत्वको वर्तमान सरकारको दिन प्रतिदिन लोकप्रियता घट्दो छ । सरकारको कार्यशैली र मन्त्रीहरुको वोलीका कारण सरकारप्रतिको नकारात्मक धारणाले चर्चा पाइरहेको छ ।

सरकारको लोकप्रीयता घटिरहेको अवस्थामा मन्त्रीमण्डल हेरफेर गर्ने बिषयमा पछल्लो समय दुइ अध्यक्षबीच गोप्य बैठक हुँदै आएको छ । यसरी चर्चा बढिरहंदा सर्वसाधारणले केही गरौ भन्ने योजना भएका त्यागी र निष्पक्ष युवानेतालाई अवसर दिनुपर्ने सुझाव दिएका छन् ।

राजनीतिक विश्लेषकहरु पनि मन्त्रिमण्डल हेरफेरको तयारीलाई नियाली रहेका छन् । प्रधानमन्त्री ओलीले सवैपक्षलाई समेटी सहि ठाउँमा सहि मान्छे छनौट गर्न सकेमात्र मन्त्रीमण्डल हेरफेरले सार्थकता पाउने राजनीतिक विष्लेशक डा सुरेन्द्र केसीको भनाइ छ ।

सरकारका प्रवक्ता तथा संचार मन्त्री गोकुल वास्कोटा मन्त्रीमण्डल हेरपफेरलाई नौलो ढंगले हेर्न नहुने बताउँछन् । मन्त्री मण्डल हेरफेर गर्ने र कसलाई राख्ने कसलाई निकाल्ने भन्ने कुरा प्रधानमन्त्रीमा निहित हुने उनी बताउँछन् ।

२०७४साल फाुगन ३ गते ओली नेतृत्वमा वर्तमान सरकार गठन भएको १६ महिना बितिसकेको छ । यो बिचमा कानुन मन्त्री शेरवहादुर तामाङ्ग विवादमा आएसँगै उहाँले राजीनामा दिएर भानुझक्त ढकाल कानुन मन्त्री बन्नु भएको छ ।

तर पर्यटन मन्त्री रविन्द्र अधिकारी हेलीकप्टर दुर्घटना परी निधन भएपछी खाली भएको पर्यटन मन्त्रालयमा अहिलेसम्म मन्त्री नियुक्त भएको छैन । अब अन्य बाँकी कुन कुन मन्त्रीहरु हेरफेर हुनेहुन् भन्नेमा अहिले सर्वत्र चाँसो बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);