बाल विवाह न्युनीकरण गर्न राप्तीमा नयाँ अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

बाल विवाह न्युनीकरण गर्न राप्तीमा नयाँ अभियान सुरु

Rapti

निशा शाह

बाँके, १३ असार । समाजमा बढ्दो बाल विवाह न्युनीकरण गर्न बाँकेको राप्ती सोनारी गाउँपालिकाले सामुदायिक बिद्यालय केन्द्रित नयाँ अभियान सुरु गरेको छ । बाल विवाह न्युनिकरणलाई विशेष प्राथमिकतामा राख्दै गाउँपालिकाले बिद्यालयका छात्र छात्रा, शिक्षक तथा अभिभावकसँग अन्तरक्रियात्मक अभियान सुरु गरेको हो ।

तराईका धेरै जिल्लाहरुमा अझै पनि बालविवाहको न्युनिकरण हुन सकेको छैन । बालविवाह झन् बढ्न थालेपछि बाँकेको राप्तीसोनरी गाँउपालिकाले अभियान नै सञ्चालनमा ल्याएको छ । बालविवाह न्युनीकरणका लागि सामुदायिक विद्यालयमा केन्द्रित भई विद्यालयका छात्रछात्रा, शिक्षक तथा अभिभावकहरुसंग अन्तरक्रिया अभियान सञ्चालन गरेको हो । अन्तरक्रियामा सहभागी बालबालिकाहरुले यस्तो अभियानहरु फलदायी हुने र अझै जनचेतनाहरुको आवश्यकता भएको बालबालिकाहरुको भनाई छ ।

विभिन्न संघसंस्था र राज्यले पनि बालविवाह गर्ने र गराउनेलाई कडा कानून बनाएको छ तर नियम कानूनलाई मिचेर बालविवाह भने भई रहेको पाईन्छ । विवाहबारे कानुनी प्रावधान के छ, त्यसबारे जानकारी गराउँदै सानो उमेरमा विवाह गर्दा पर्ने नकारात्मक असरबारे चेतना पनि अन्तरक्रिया कार्यक्रममा दिइएको थियो । राप्तीसोनारी गाउँपालिकाले बालविवाह न्युनीकरण गर्न थप अभियानहरु चलाँउदै जाने गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनु भयो ।

नेपालको कानुन अनुसार १८ बर्षभन्दा मुनिको उमेरमा गरिने विवाहलाई बालविवाह मानिन्छ । सानो उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्य जोखिममा रहने चिकित्सकहरु बताउँछन् । यति हुँदाहुँदै पनि कानूनलाई पनि पछाडि पारेर अनि धर्म, संस्कृतिको अन्धविश्वासका कारण बालविवाह उन्मुल हुन सकिरहेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);