काठमाडौं, १३ असार । टेलिभिजन प्रसारणमा ‘क्लिन फिड’ नीतिको प्रसङ्ग १२ वर्ष अघिदेखि चर्चा हुँदै आएको हो । २०७३ मा कार्यान्वयन गर्ने तहमा पुगे पनि भारतीय च्यानल र केबल प्रदायकहरूको स्वार्थमा यो रोकिएकोे यथार्थ हो ।
अनेकौँ बहानामा अहिलेसम्म लागू हुन नसकेको र नदिइएको ‘क्लिन फिड’लाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ठूलो दबाब र चुनौतीका बाबजुद लागू गर्न देखाउनुभएको दृढता राष्ट्रियताप्रतिको समर्पणबाट प्रेरित छ ।
यो नीति लागू हुँदा राष्ट्रियताको संरक्षणसँगै राजस्वमा बढोत्तरी हुनेछ । करिब १० अर्ब रुपियाँबराबरको नेपाली विज्ञापन बजार विस्तार हुनेछ । नेपाली सञ्चारमाध्यमको आयस्रोतमा वृद्धि हुनेछ । यसले नेपाली च्यानलको गुणस्तर बढाउनमा पनि मद्दत गर्नेछ । नेपालमा प्रसारण भइरहेका विदेशी च्यानलहरूमा भारतीय च्यानलको करिब ९० प्रतिशत हिस्सा छ । भारतीय च्यानलहरूले कतार, दुबई, मलेसियाजस्ता देशमा ‘क्लिन फिड’ सहित प्रसारण गरिरहेका छन् । नेपालमा पनि त्यसैगरी हेर्न नमिल्ने भन्ने हुन सक्दैन । ‘क्लिन फिड’ लागू गर्दा अर्बौंको लगानी डुब्छ, थुप्रै बेरोजगार हुन्छन्, शुल्क महँगो हुन्छ भन्नु केवल अफवाहमात्र हो । किनकि यी कुरा सत्य र तथ्यमा आधारित छैनन् ।
अघिल्लो महिना सञ्चारमन्त्रीले ‘क्लिन फिड’ को आवश्यकता र औचित्य प्रस्ट्याउँदै गर्दा यसको चर्को विरोध हुनेतर्फ पनि सङ्केत गर्नुभएको थियो । त्यस्तै भयो । एउटा पार्टीले त औपचारिक रूपमै त्यस विषयमा विरोध प्रस्ताव दर्ता गरायो ।
टेलिभिजन च्यानलका विक्रेताहरूले २४ घन्टा विदेशी च्यानल बन्दसमेत गरे । टीभी च्यानल बन्द गर्दा शुल्क तिरेका उपभोक्ता अन्यायमा परे । एकथरीले सञ्चार तथा सूचनासम्बन्धी नीति, नियम र कानुनलाई सिरानी हालेर सञ्चारमन्त्रीविरुद्धको हतियार बनाउने काम नगरेका होइनन् । एक हिसाबले जसरी सरकारलाई चौतर्फी घेराबन्दी गरेर असफल बनाउने डिजाइन हुँदै छ, त्यसैको एउटा कडीका रूपमा लिन सकिन्छ– ‘क्लिन फिड’ को विरोध ।
केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शेरधन राई सञ्चारमन्त्री रहेका बेला सरकारद्वारा गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले तयार गरेको आमसञ्चार नीति–२०७३ मा समेत विज्ञापन सामाग्री ९क्लिन फिड० को व्यवस्थाका लागि सिफारिस थियो । अहिले यसले प्राथमिकता पाएको छ । तत्कालीन सञ्चारमन्त्री राम कार्कीले त्यसलाई अगाडि बढाउने तयारी गरे पनि अन्तिममा स्थगन गर्नुभएको थियो । वर्तमान मन्त्री बाँस्कोटाले दृढतापूर्वक यसलाई फेरि अघि सार्नुभएको छ ।
नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विदेशी विज्ञापन हटाएर प्रसारण गरिनुलाई ‘क्लिन फिड’ भनिन्छ । विदेशी विज्ञापन रोकिँदा अर्थात् विदेशी उत्पादकले नेपाली दर्शकलाई लक्षित गरी विज्ञापन गर्नुपरे नेपाली प्रसारण नै रोज्नुपर्ने अवस्थाको सिर्जना हुँदा नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिकसहित नेपाली विज्ञापन उद्योग सबैको संरक्षण सम्बद्र्धन र विकासमा महŒवपूर्ण भूमिका खेल्छ र यो नेपाली राष्ट्रियतासँग पनि सम्बन्धित छ । यसैले सामाजिक सञ्जालमा पनि यसका पक्षमा व्यापक आवाज पनि उठिरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।