शान्तिपूर्ण प्रदर्शनमा भएको आक्रमणप्रति कांग्रेसको निन्दा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

शान्तिपूर्ण प्रदर्शनमा भएको आक्रमणप्रति कांग्रेसको निन्दा

nepali congress

काठमाडौं, १३ असार । नेपाली कांग्रेसले कञ्चनपुरको पुनर्वासमा शान्तिपूर्ण विरोध प्रदर्शनमा आफ्ना कार्यकर्तामाथि भएको आक्रमणको निन्दा गरेको छ । खानेपानीमन्त्री बिना मगर कञ्चनपुर पुग्दा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएको थियो । कांग्रेसले सो क्रममा आफ्ना २० जना कार्यकता घाइते भएको बताएको छ ।

‘शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि बहालवाला मन्त्रीले आफ्ना कार्यकर्ता प्रयोग गरी सार्वजनिक स्थलमै अवाञ्छित गतिविधि र उद्दण्डता प्रदर्शन गर्नुलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको छ,’ कांग्रेसले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमानवीय क्रियाकलापको नेपाली कांग्रेस घोर निन्दा गर्दछ ।’

उक्त घटनामा कांग्रेस कञ्चनपुर–१ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका–२ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्दलगायतका व्यक्ति गम्भीर घाइते भएका छन् ।
उनीहरूमध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौंस्थित न्युरो अस्पताल, बाँसबारीमा उपचारार्थ भर्ना गरिएको छ भने अन्य घाइतेको कैलालीस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न व्यक्तिको तत्काल खोजी गरी कडा कारबाही गर्न कांग्रेसले सरकारसँग मागसमेत गरेको छ । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);