नाकामा तरकारी सड्यो बजारमा भाउ बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

नाकामा तरकारी सड्यो बजारमा भाउ बढ्यो

naka bandi

काठमाडौं, १३ असार । फलफूल र तरकारी बोकेका १०३ ट्रक नाकामा
विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा सरकारले रोक लगाएको छ । तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी । पछिल्लो एक सातामा तरकारी र फलफूल  बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएका छन् ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार सुनौली–भैरहवा नाकामा ५८, काँकडभिट्टामा १९, वीरगन्जमा १४, कैलाली र विराटनगरमा ६–६ ट्रक रोकिएका छन् । ‘विषादी परीक्षणका लागि भनेर भन्सार पास गरेका तरकारी र फलफूलका ट्रक रोकिएका छन्,’ उनले भने, ‘सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा अहिले व्यवसायी मर्कामा परेका छन् । अहिलेको प्रचण्ड गर्मीमा ट्रकभित्र तीन–चार दिनसम्म खाँदिएको तरकारी र फलफूल आधी त कुहिएरै नास हुन्छ ।’

नाकामा रहेका तरकारीका केही कन्टेर भारततिरै फर्किएको उनले बताए । ‘नेपालपट्टि ल्याएर पनि जाँचपास गरी समयमै हिँडाउन समस्या हुने बुझेपछि भारतीय सीमावर्ती क्षेत्रबाटै कन्टेनर फर्काइएको छ,’ उनले भने, ‘फर्काइएका कन्टेनर व्यवसायीले भारतीय बजारमै घाटा खाएर बिक्री गरेका छन् ।’ उनले भैरहवा, वीरगन्ज र काँकडभिट्टा नाकाबाट भित्रिन लागेका कन्टेनर फर्काएर करिब चार सय टन तरकारी भारतमै बिक्री गरेको बताए । व्यवसायीका अनुसार हाल भारतबाट आलु, प्याज, कागती, ठूलो गोलभेँडा, तितेकरेला, भेँडेखुर्सानी, काँक्रो, परबललगायत तरकारी आयात भएका छन् ।

भैरहवा : भारतबाट तरकारी तथा फलफूल आयात नीति कडा बनाएको सरकारले नाका क्षेत्रमा प्रयोगशालाको व्यवस्था नगर्दा व्यवसायीका ट्रक बेलहिया नाकामा तीन दिनसम्म रोकिन बाध्य भएका छन् । चर्को गर्मीमा तीन दिनसम्म रहँदा ट्रकभित्रै फलफूल र तरकारी कुहिने गरेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);