काठमाडौं, ११ असार । गृहमन्त्री राम बहादुर थापाले लागू औषध दुरुपयोग तथा ओसारपसार नेपालका लागि पनि चुनौतिपुर्ण बन्दै गएको बताउनुभएको छ ।
लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्र्दभमा बुधबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागू औषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतिपुर्ण रहेको बताउनुभएको हो ।
सकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विका गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजन लाई बैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको उहाँले स्वीकार गर्नुभयो । लागू औषध दुरुपयोग र अबैध कारोवार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकिय उपचार संगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको बताउनुभयो ।
लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस नेपालमा विविध कार्यक्रम गरि साताव्यापी रुपमा मनाईएको हो ।