लहान, १० असार । लहानदेखि २० किलोमिटर दक्षिणमा भारतीय सिमासँगजोडिएको भगवानपुर गाँउपालिकामका पर्ने ठाडी बजारमा केहि दशक अगाडिसम्म दिउँसो ठूलो बजार लाग्ने गर्दथ्यो । यतिबेला दिउँसोको बजार सुनसान रहने गरेको छ तर साँझदेखि मध्यरातीसम्म मदिराको ठूला साना पसलहरुमा भीड देखिन थालेको छ ।
भारतको विहार राज्य सरकारले मदिरा विक्रीमा रोक लगाएपछि टाढा –टाढाका भारतीय नागरिक गाडी लिएर समेत मदिरा सेवन गर्न ठाडी आउने गरेका छन् । ईलाका प्रहरी कार्यालय र ईलाका प्रशासन कार्यालय लहानले राती विक्री हुने मदिरा पसलहरु चल्न नदिने निर्देशन दिए पनि स्थानीय प्रहरीले मदिरा विक्रीमा रोक नलगाएको स्थानीयको गुनासो छ ।
स्थानीय किराना पसले बासुकी गुप्ता र अर्का रेडीमेड कपडा पसले रामचन्द्र साह भन्नुहुन्छ–दुई दशक पहिले ठाडी बजारमा विहानदेखि बेलुकासम्म एक करोडभन्दा बढीको व्यापार हुन्थ्यो तर अहिले एक लाख पनि हुँदैन । नेपालबाट भारत जाने मरिच, लसुन, स्याउ, सुपारी, मटर र अलैची लगायतका समान भ्याट कटाएर पनि नेपालका प्रहरीले आउन नदिएपछि यहाँको व्यापार सुक्न गयो । ठाडी बजारका व्यापारी पलायन हुन बाध्य भए । अहिले भारतको विहार राज्यमा मदिरा विक्रीमा रोक लगाएपछि भारतीय राती मदिरा सेवन गर्न आउन थालेपछि यस ठाडी बजारमा मात्रै ५२ वटा मदिरा पसल संचालनमा रहेको छ ।
स्थानीय व्यापारीको गुनासो पोख्दै बताउँछन– सिमा क्षेत्रमा ठाडीसंगै टाँसिएको लौकहा बजार नेपालीहरुकै भरमा चलिरहेको छ । भारत सरकारले आफनो देशबाट किराना लगायत विभिन्न समानहरु नेपालीहरुले ल्याउदा रोक्दैन तर नेपालका ठाडी बजारबाट भारतीयहरुले समान लैजाँदा किन रोकिरहेको छ रु हामी बुभ्m्न सकेनौ ठाडी बजार पुरै चौपट भएर रातीको मदिरा बजारमा परिणत भएको छ । ५२ वटा मदिरा पसलमा एक रातमा लाखौंको व्यापार चलिरहेको छ । ठाडीमा भन्सार कार्यालय स्थापना भए पनि भारतीय बजारबाट आउने ट्रककका समान ठाडी नाकाबाट आउन नदिएपछि ठाडी बजार झन मारमा छ ।
भगवानपुर ४ का वडाध्यक्ष विन्देश्वर साहका अनुसार ठाडी बजारको व्यापार सुक्दै गए पछि टाँसिएर रहेको भारतीय बजार लौकहाबाट नेपालीले दैनिक चाहिने समान ल्याउन बाध्य भएका छन् । पाँच बोरा खाने मटर , सुपारी , एक कार्टुन स्याउ समेत ठाडी बजारमा आउन नदिनु तर राती दर्जनौं मदिरा पसल संचालन भईरहँदा नजिकै रहेको ईलाका प्रहरी कार्यालय ठाडीले केहि नगर्नुले राती मदिार पसल संचालन गर्नेहरुसँग महिनाको ४० देखि ५० हजारसम्म महिना लिने गरेको आरोप छ ।
लहान क्याम्पसका अध्यापन गरिरहनु भएको स्थानीय कन्हैयाप्रसाद भट्ट भन्नुहुन्छ –ठाडी बजारमा दिउँसो सुनसान र राती धुमधाम हुन्छ । ठाडीमा रहेको जनता आधरभूत विद्यालयमा रजिष्टरमा तीन सय विधार्थी देखिए पनि पढन २० खवीस जना पनि आँउँदैन । नजिकै रहेको भारतको लौकहा बजारमा रहेको विधालयमा पढन बाध्य छन् । सिरहा जिललाको पुरानो ठाडी बजारका अवस्था दिनप्रतिदिन दयनीय भईरहेको छ भने यहाँको नागरीकहरुप्रति नेपाल सरकारले नै विश्वास नगर्नु , नेपालमा उत्पादन भएका समानहरु समेत विक्री गर्न नदिनु , शिक्षा , स्वास्थ्य सडक र अन्य सुविधा स्थानीय , प्रदेश र संघबाट प्राप्त नगर्नुले रातीको मदिरा व्यापारले ठाडी बजार जसोतसो चलिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।