ज्येष्ठ नागरिक विधेयकलाई सशक्त बनाईने छ: मन्त्री थम माया थापा | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

ज्येष्ठ नागरिक विधेयकलाई सशक्त बनाईने छ: मन्त्री थम माया थापा

tham maya thapa

काठमाडौं, ९ असार । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले ज्येष्ठ नागरिक सम्बन्धी संशोधन गर्न बनेको विधेयकलाई सशक्त बनाईने बताउनुभएको छ ।

संसदको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकमा मन्त्री थापाले ससदीय समितिले दिएका उपयुक्त सुझावहरु समावेश गरि विधेयकलाई सम्मृद्ध बनाउने बताउनुभएको हो । ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै उनीहरुको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरि ज्येष्ठ नागरिकलाई सम्मानपुर्वक जिउने वातावरण श्रृजना गर्नु राज्यको दायित्व भएकाले विधेयकलाई समय सापेक्ष संसोधन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले वृद्धवृद्धाले जीवनको उत्तराद्र्धको समय सम्मानित भएर बिताउनका लागि सम्पत्ति आफुसुखी प्रयोग गर्न पाउने र छोराछोरीलाई अनिवार्य दायित्व वहन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

समितिले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ बारे संसोधनकर्ता र विभागिय मन्त्रीसंग छलफल गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);