राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै : विडारी | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै : विडारी

ramnarayan bidari

काठमाडौं, ७ असार । सत्तारुढ दलका नेता राम नारायण विडारीले पछिल्लो समय राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै गएको बताउनुभएको छ । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी व्यक्तित्व रुपचन्द्र बिष्टको २० औं स्मृति दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रुपचन्द्रले परिभाषित गरेको राजनीति र वर्तमान अवस्थामा सर्वसाधरणले बुझ्ने गरेको राजनीतिमा आमुल भिन्नता भएको बताउनुभएको हो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति विडारीले बिष्टले जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति भनेर परिभाषित गर्ने गरेको उल्लेख गर्दै पछिल्लो समय “छुल्याईं ”लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो “रुपचन्द्रले राजनीतिको व्याख्या गर्नुभयो । जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति । अहिले हामीले राजनीति के भन्छौ रे ? गाउँमा छुल्यार्ई र बठ्याई गर्यो भने हेर, त्यो रामेले कस्तो राजनीति गरेछ यार । हामी त्यहाँ पुग्यौ । ” कार्यक्रममा उहाँले विष्टले व्याख्या गर्ने गान्धीवाद र मार्क्सवादको पनि चर्चा गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);