ओलीमा दम्भ बढी भो, गणितले राजनीति चल्दैन, सडकबाट सत्ता पल्टिन सक्छ : सूर्यराज आचार्य (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

ओलीमा दम्भ बढी भो, गणितले राजनीति चल्दैन, सडकबाट सत्ता पल्टिन सक्छ : सूर्यराज आचार्य (भिडियोसहित)

kharo prashna with suryaraj acharya

काठमाडौं, ६ असार । पछिल्लो समय राजनीतिमा धेरै विवादास्पद कुराहरु आउँन थालेका छन् । सरकारले ल्याएको विधेयक हुन् वा सरकारले गरेको निर्णयहरु वारम्बार विवादमा पर्ने गर्दछन जसले गर्दा आम जनता आजित भईसकेका छन् । जसले गर्दा राजनीतिमा चासो भन्दा पनि वितृष्णा पैदा हुँदै गईरहेको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जनता दुई ठूला दलबाट खुसि नभएको बताउनु भयो । उहाँले क्यामराको अगाडी आएर प्रधानमन्त्रि ज्युले गल्ति भाको हो म क्षमा चाहन्छु भनेर भन्न किन नसकेको भनेर प्रश्न गर्नु भयो । यस्ता संघर्षशील नेताहरुले जनताको अगाडी विनम्र हुँदा के राजनीति ध्वस्त हुन्छ भन्ने आचार्यले बताउनु भयो । डा. आचार्यले बिगत २०-२५ वर्षमा विकास भन्दा पनि राज्यलाई दोहन गर्ने काम भएको स्पष्ट पार्नु भयो । यी र यस्तै विषयमा कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले डा. सूर्यराज आचार्यसंग गरेको कुराकानी हेर्नुहोस् :